मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

बनियानी (झापा)। यहाँको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।
“नगरपालिका नगरवासीको अभिभावक संस्था हो”, नगरप्रमुख पोखरेलले भन्नुभयो, “परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले यो कार्यक्रम सुरु गरेका हौँ ।” दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत समवेदनपत्रसहित नगद रु पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उहाँले जानकारी दिनुभयो । नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ स्वीकृत गरेको थियो ।
त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवद्र्धन अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि र पशुपंक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानुनको मस्यौदा–२०८२, कृषि अनुदानसम्बन्धी कानुनको मस्यौदा–२०८२, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा–२०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानुनको मस्यौदा–२०८२ लाई छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया