उच्चस्तरीय विषयगत राउण्ड टेबललाई प्रधानमन्त्रीको सम्बोधनः आर्थिक सहयोगसहित क्षेत्रीय साझेदारीमा जोड

तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा नेपाल आफ्ना छिमेकी र अन्य मुलुकहरूसँगको साझेदारीलाई गाढा बनाउन प्रतिबद्ध रहेको बताएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज यहाँ आयोजित ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपालले दिगो र दू्रत आर्थिक वृद्धिका लागि दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट गरे।“हामी सहज र निर्वाध पारबहन र व्यापार सुनिश्चित गर्न सीमापार सम्पर्कलाई सक्रिय रूपमा विस्तार एवं सुदृढ गर्दैछौँ ।”, प्रधाननन्त्री ओलीले भने, “आवाजा कार्ययोजनामा पारित दिगो पूर्वाधार, सबल कनेक्टिभिटी र निर्वाध पारबहन नीति, भूपरिवेष्टित मुलुकको विकास, लचिलोपनजस्ता कार्यक्रम हाम्रा आशाका स्तम्भ हुन् ।
यी प्रावधानसहितको कार्यढाँचालाई भौतिक, डिजिटल र आर्थिक रूपमा विश्वव्यापी जोड्ने हाम्रो सामूहिक दृढ सङ्कल्पलाई नवीकरण गर्न म आग्रह गर्दछु ।” उनले समता, समावेशीकरण र साझा प्रगतिका लागि अपरिहार्य आवश्यकताका रुपमा रहेका पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्र यी सवालमा पछाडि नपर्ने गरी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे। भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनसँग सम्बन्धित कार्यक्रम आज सकिदैँछ ।
















पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया