सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि–अर्डर अफर

काठमाडौं । सामसङको नवीनतम फोल्डेबल स्मार्टफोन सिरिज, ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७, अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएको छ । कम्पनीले साउन २२ देखि २९ गतेसम्मको समयावधिमा यी मोडलहरू प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ । ग्लोबल रूपमा आयोजित Galaxy Unpacked Event मा सार्वजनिक गरिएका यी स्मार्टफोनहरू सामसङको अहिलेसम्मकै सबैभन्दा हलुका, पातला र एडभान्स फोल्डेबल डिभाइसहरू हुन् ।
ग्यालेक्सी जेड फोल्ड७ मा सुधारिएको हिन्ज, उज्यालो स्क्रिन, तेज प्रोसेसर, र २०० मेगापिक्सेल एआई–सपोर्टेड क्यामेरा जस्ता फिचरहरू समावेश छन्। फ्लेक्स मोड, मल्टिटास्किङ, र ठुलो डिस्प्लेले यो सिरिजलाई पावर युजरहरू का लागि आदर्श बनाएको छ। त्यस्तै, ग्यालेक्सी जेड फ्लिप७ झनै पातलो, टिकाउ र पोर्टेबल डिजाइनमा आएको छ । यसको नयाँ फ्लेक्सविन्डो अझै ठूलो र प्रयोग गर्न सहज छ । प्रिमियम क्यामेरा, लामो ब्याट्री लाइफ, र स्ट्याबिलाइजेसन फिचर यसलाई स्टाइल र कार्यक्षमताको उत्कृष्ट मिश्रण बनाउँछ ।
नयाँ फोल्ड र फ्लिप दुवै मोडलमा समावेश गरिएको Gemini AI ले प्रयोगकर्तालाई स्क्रीन सेयरिङ, रियल टाइम संवाद, अनुवाद, र स्केच–टु–इमेज जस्ता फिचरहरू प्रदान गर्दछ । प्रयोगकर्ताले क्यामेराबाट देखाएको वस्तुबारे सोध्न सक्ने, स्केचलाई भिजुअलमा रूपान्तरण गर्न सक्ने सुविधा समेत यसमा समावेश गरिएको छ ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित का अनुसार, “जेड सिरिजले स्मार्टफोन प्रयोग गर्ने तरिकामा नै नवीनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, इमर्सिभ डिस्प्ले र टिकाउपनले प्रयोगकर्ताको अनुभव अझ लचिलो बनाउनेछ ।”
ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को २५६GB भेरियन्टहरू, नेपालमा २०८२ साउन २२ देखि २९ गतेसम्म प्रि–अर्डर गर्न किनेछ

















निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया