एएफसी यू–२० महिला एसियन कपमा नेपाली महिला टोली आज साउदीसँग भिडदै
मेरोन्यूज
२०८२ साउन २३ गते ७:३४

काठमाडौं । नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।
भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो ।
सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो ।
प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया