पर्सामा जबरजस्ती करणीकाे अभियोगमा एकजना पक्राउ
मेरोन्यूज
२०८२ साउन २३ गते १७:३९

पर्सा । पर्सा जिल्लामा जबरजस्ती करणी सम्बन्धी मुद्दामा एकजना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त जानकारी अनुसार ११ वर्षीया बालिकालाई बाख्रा चराउने क्रममा एक्लै पारी १० रुपैयाँको नोट दिई ललाइफकाई फकाई बलात्कार गरी फरार रहेका ठोरी गाउँपालिका २ का ४६ वर्षीय अशोक साहलाई प्रहरीले पक्राउ गरेको एसपी गौतम मिश्रले बताएका छन्।
पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा गत २१ गते बुधवार बिहान १०बजे ठोरी २ स्थित जंगलमा उक्त घटना भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत पर्साबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव निरीक्षक किशोर लम्सालका अनुसार थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया