परम्परागत धर्म संस्कृति जोगाउन बौद्धमा घोनाइ जात्रा (रोपाइँ ) मनाइदै

काठमाडौं । ऐतिहासिक धार्मिक एवं सांस्कृतिक नगरी बौद्धमा परम्परागत धर्म संस्कृति जोगाउन रोपाइ अर्थात् गोनाइ जात्रा मनाउने भएको छ।
साउन २५ र २६ गते दुई दिनसम्म बौद्ध परिसरमा विविध कार्यक्रम गरि उक्त पर्व मनाउने भएको हो । सो कार्यक्रमलाई भव्य रुपले सम्पन्न गराउन विभिन्न उपसमिति समेत गठन गरिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । श्री बौद्ध तामाङ कल्याण गुठिका अध्यक्ष जयमङ्गल लामाको संयोजकत्वमा गाइजात्रा तथा रोपाइँजात्रा मूल समारोह समिति गठन गरि विभिन्न उपसमितिलाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलनमा बताए ।
काठमाडौं महानगरपालिका वडा ६ को विशेष सहयोगमा बौद्ध तामाङ कल्याण गुठीको मुख्य व्यवस्थापनमा मूल आयोजक समिति गठन भएको जनाइएको छ । विभिन्न सांस्कृतिक झाँकी सहित रोपाई जात्राको र्याली निकालिने बताएको छ। बौद्ध स्तूप परिक्रमा गरी बौद्ध फुलबारी- बौद्ध गेट – बौद्ध पिपलबोट मूल सडक- बौद्ध टुसल चोक मूल सडक – बौद्ध गेट बौद्ध परिक्रमा गरी औपचारिक तथा पुरस्कार वितरण कार्यक्रममा सहभागी रहने बताएको छ
गाईजात्रमा विभिन्न विधाहरूमा प्रतिस्पर्धा समेत गरिने बताइएको छ । जसमा हल गोरु, युवा बाउसे, युवा रोपार, बाल रोपार, बाल बाउसे, हास्य , व्यङ्ग्य, घोडा र विद्यालयका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्टहरुलाइ हरेक विधामा क्रमशः प्रथम, द्वितीय, तृतीया र सान्त्वनालाइ रु. दस हजार, सात हजार, पाँच हजार र पच्चीस सय रहने जनाइएको छ ।
साउन २५ गते दिउँसो ३:३० बजे घिनतिङनाका कार्यक्रम हुने र २६ गते मध्यान्ह १२:०० बजेदेखि २:०० बजेसम्म सांस्कृतिक कार्यक्रम रहने जनाएको छ। त्यस्तै बेलुका ५ बजे औपचारिक कार्यक्रम तथा पुरस्कार वितरण गरिनेछ।
रोपाइँ जात्राको पहिलो दिन अर्थात् यस दिन बिहानै मन्दिर चैत्य कुल देवता र खेत -खेतमा क्वाटी र तितेपाती चढाइन्छ । गाईजात्रालाई नेवारी समुदायले सापारु भनिन्छ । यस पर्व मा आफ्नो दिवंगत आफन्तजन र पुर्खाहरूको सम्झनामा विभिन्न पुजा समेत गराइ दान गर्ने चलन रहिआएको छ ।
मूल समारोह समिति अन्तर्गत निर्णायक मण्डल तथा दर्ता प्रक्रियाका संयोजक वीरबहादुर लामा, प्रवक्तामा सम्पूर्ण कुमार लामा, प्रचारप्रसार संयोजक चन्द्रजीत मोक्तान, स्वयंसेवक परिचालन ज्ञान बहादुर मोक्तान, गोनाइ नाच व्यवस्थापन संयोजक छोरङान महिला समाज, बौद्ध एकल महिला समाज, आनन्दपुर महिला समाज लगायतलाई विभिन्न जिम्मेवारी बाडफाट गरेका छन ।
सो मेला व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट रू १५ लाख र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख औतारी धर्म गुरू चिनियाँ भूपतिबज्र लामाले रू. १ लाख सहयोग गरिको पत्रकार सम्मेलनमार्फत जानकारी गरेका छन् । पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिका वडाक्षाका अध्यक्ष भुवन लामा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया