इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरीबासले इजरायल–नेपाल सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै यसलाई थप उचाइमा पुर् याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
इजरायलमा अध्ययन गरेको नेपालीहरुको संस्था सलोम क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कठिन समयमा रहेको इजरायललाई नेपालले सधैँ नैतिक समर्थन गर्दै आएकामा आभार व्यक्त गर्दै आफ्नो मुलुकले पनि नेपाललाई भरपर्दो मित्रका रुपमा व्यवहार गर्दै आएको बताए ।
राजदूत आरीबासले शिक्षा, स्वास्थ्य, कृषि विकास, श्रम र सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा नेपाललाई यथाशक्य सहयोग गर्दै आएको र त्यो भविश्यमा पनि निरन्तर रहने बताउँदै निकट भविष्यमा एक हजार नेपाली श्रमिक इजरायल जान लागेका जानकारी दिए । दुवै देशका सरकारी अधिकारी नेपाली श्रमिकलाई इजरायल पठाउने प्रक्रिया पूरा गर्ने चरणमा रहेका उनले बताए ।
क्लबका अध्यक्ष प्राध्यापक भीमप्रसाद श्रेष्ठले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धसेतुका रुपमा क्लबले काम गरिरहेको बताए ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया