अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं । टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।
त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।
अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो । अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया