बैतडीका पशुमा खरी र लम्पी स्कीन संक्रमण पुनः देखियो

बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट चौपाया सङ्क्रमित हुन थालेका भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले जानकारी दिए।
खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तले बताए। यो रोग लागेपछि पशु दुब्लाउँदै जान्छ र उत्पादनमा ह्रास आउँछ । उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्राय: छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ ।
यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ सालदेखि अनुसन्धान जारी राखेको छ । तर अहिलेसम्म ठोस् रूपको उपचार पद्धति भने विकास हुन नसकेको प्रमुख पन्तले बताए। उनले भने, “सन्तुलित आहार, गोठ र पशुको सरसफाइमा ध्यान दिन सकेमा यो रोग निको हुन जान्छ । समय समयमा भेटेरीनरी प्राविधिक तथा पशु चिकित्सकसँग सुझाव सल्लाह गरेर आवश्यक परामर्शका लागि अनुरोध छ ”।
यस्तै जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ । लम्पी स्कीन पुरानै पशुचौपायामा देखिन थालेको प्रमुख पन्तले जानकारी दिए। लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्री भन्दामाथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने, बिस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखा पर्ने गरेका छन् ।
सो रोग नियन्त्रणका लागि खोप आवश्यक रहेको उनले बताए। यसका साथै लम्पी स्कीन देखिएका पशुबाट नजिकैका अन्य पशुमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको केन्द्रले जनाएको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया