शनिबार, मंसिर ६, २०८२

रविको अवस्था बुझ्न रुपन्देही कारागार पुग्यो मानव अधिकार आयोगको टोली

मेरोन्यूज २०८२ साउन २६ गते १२:३८

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुपन्देही कारागार पुगेको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।

आयोगको टोलीले सभापति लामिछानेसँग छलफल गरेको छ ।

प्रतिक्रिया