बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै, लामा पक्षधर १४ सांसदले देलान् मत ?

हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन ।
हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् ।
बाग्मती प्रदेशसभाको १ सय १० सदस्य मध्ये सरकार बचाउनका लागि बानियाँलाई कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ तर यसअघि आफ्नै पार्टीका बहादुर लामालाई हटाएर मुख्यमन्त्री भएका बानियाँले लामा पक्षधरका १४ जनाको विश्वास जित्नु अनिवार्य छ । यदी, लामा पक्षधर १४ सांसदले मत हालेनन भने उनको सरकार एक सातामा ढल्नेछ । र, नयाँ प्रकिया सुरू गर्नु पर्नेछ ।
अझैसम्म असन्तुष्ट रहेका लामा पक्षधरलाइ मनाउने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन् । स्राेतका अनुसार देउवाकाे निर्देशन पछि लामा पक्षधर सांसदले मत हाल्ने विश्वास बानियाँकाे छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनले कम्तिमा ३० दिन भित्र मत लिन पाउने ब्यवस्था भए पनि नियुक्ती भएको ७ दिनमा उनले यो प्रयास गरेका हुन् ।

















Gold price climbs and silver price slides today
महेन्द्रनगरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया