बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै, लामा पक्षधर १४ सांसदले देलान् मत ?

हेटौडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन ।
हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् ।
बाग्मती प्रदेशसभाको १ सय १० सदस्य मध्ये सरकार बचाउनका लागि बानियाँलाई कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ तर यसअघि आफ्नै पार्टीका बहादुर लामालाई हटाएर मुख्यमन्त्री भएका बानियाँले लामा पक्षधरका १४ जनाको विश्वास जित्नु अनिवार्य छ । यदी, लामा पक्षधर १४ सांसदले मत हालेनन भने उनको सरकार एक सातामा ढल्नेछ । र, नयाँ प्रकिया सुरू गर्नु पर्नेछ ।
अझैसम्म असन्तुष्ट रहेका लामा पक्षधरलाइ मनाउने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन् । स्राेतका अनुसार देउवाकाे निर्देशन पछि लामा पक्षधर सांसदले मत हाल्ने विश्वास बानियाँकाे छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनले कम्तिमा ३० दिन भित्र मत लिन पाउने ब्यवस्था भए पनि नियुक्ती भएको ७ दिनमा उनले यो प्रयास गरेका हुन् ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया