खोलामा नुहाउने क्रममा डुबेर वीरगञ्जमा दुई बालकको मृत्यु
मेरोन्यूज
२०८२ साउन २७ गते १४:०४

वीरगञ्ज (पर्सा)। ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।
ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ वर्षीय छोरा अंश कठायत र चार वर्षीय छोरा आयांस कठायतको आज बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर मृत्यु भएको पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
“ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानी माथि तैरिरहनेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी ठोरीमा पु¥याउनुभएको थियो”, उनले भने, “स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।”
पर्सा प्रहरीका सूचना अधिकारी लम्सालले आवश्यक मुचल्का तयार पारेर मृतक बालकको शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको जानकारी दिए ।
सम्बन्धित
















एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया