भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ ।नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गर्न लागेको १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले २०८२ साउन २५ गते प्रधानमन्त्रीलाई भेट गरी भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा हुने अटो शोको प्रमुख अतिथि भएर उद्घाटन गर्न औपचारिक आग्रह गरेको थियो ।
सो अवसरमा अध्यक्ष चौधरीले नाडा स्थापना भएको ५० वर्ष पूरा भएको र वार्षिकोत्सवकै अवसरमा १७औँ संस्करणको अटो शो आयोजना गर्न लागिएको जानकारी गराए।
उनका अनुसार, यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधन ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड तथा स्मार्ट मोबिलिटी समाधान, विन्टेज मोटर शो, साथै पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका अत्याधुनिक रोबोट र भविष्यमुखी प्रविधिहरू प्रदर्शनीको केन्द्रमा रहनेछन्।
प्रधानमन्त्री ओलीले नाडाको निमन्त्रणालाई सहर्ष स्वीकार गरेका छन्। यसलाई अटोमोबाइल व्यवसायीहरूले थप हौसला र प्रेरणा दिने कदमका रूपमा लिएको नाडाले जनाएको छ ।
भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो ।












प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया