डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

काठमाडौँ। चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइलमा ठुलो लगानी गर्ने घोषणा गरेको छ । जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरूप यो लगानी छ।
डोङफेङ र VOYAH बीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले VOYAH मा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ ।
यसले VOYAH लाई EV स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ। पुँजी वृद्धि सम्झौतापछि ख्इथ्ब्ज् अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ।
लगानीपछि डोङफेङ मोटर ग्रुपले VOYAH को ७९.६९५ स्वामित्व पाउनेछ। DFAM को ३.३०५ हिस्सा हुनेछ र बाँकी १७.०१५ अरू सेयरधनीले राख्नेछन् ।
यसरी डोङफेङले ख्इथ्ब्ज् मा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ। ख्इथ्ब्ज्, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो ।
स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको VOYAH ले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ ।
विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण VOYAH, डोङफेङको भविष्यको योजनामा महत्त्वपूर्ण हिस्सा हुनेछ ।
यो नयाँ लगानीले VOYAH लाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ। नयाँ पूँजीलाई अनुसन्धान र विकास (R&D), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ।
यसले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ ।
डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।
डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रीन मोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।
ख्इथ्ब्ज् मा गरिएको हालको यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो ।
पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रुत गतिमा परिवर्तन हुँदै आएको छ। ग्राहकहरू वातावरणमैत्री गाडी रोज्न थालेका छन् र विभिन्न सरकारहरूका नीति नियमहरूले पनि यसलाई समर्थन गरेका छन्।
डोङफेङजस्ता ठूला कम्पनीहरूले भविष्यको आवश्यकता अनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन् । यो नयाँ पूँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्नेछ।
यो लगानीले डोङफेङको VOYAH माथिको भरोसा र यस ब्रान्डले भविष्यमा विद्युतीय यातायातमा प्रमुख स्थान हासिल गर्ने विश्वासलाई देखाउँछ। VOYAH को विकास र वित्तीय सहयोगसँगै, उपभोक्ताहरूले निकट भविष्यमा अझ स्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारीसाधनको अपेक्षा गर्न सक्छन्।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया