ताप्लेजुङ गोल्डकपः सेमिफाइनल आजदेखि

ताप्लेजुङ। तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ । यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा प्रवेश पाएको हो । भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
झापाले पोखराको सहारा क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल यही साउन ३१ गते हुनेछ । विजेताले नगद रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ र प्रमाणपत्र प्राप्त गर्नेछन् । लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।









टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्री कार्कीद्वारा मुख्यसचिव अर्याललाई बिदाइ
नेपाल–श्रीलङ्का व्यापार र हवाई सेवा विस्तार गर्न चेम्बरको पहल
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रतिक्रिया