भारतको जम्मू कश्मीरमा बादल फुट्यो, १० जनाको मृत्यु भएको आशंका
मेरोन्यूज
२०८२ साउन २९ गते १७:२३

काठमाडौं । भारतको जम्मू कश्मीरस्थित किश्तवाडमा क्लाउड बर्स्ट भएको छ ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो १२:३० बजे क्लाउड बर्स्ट हुँदा १० जनाको मृत्यु भएको आशंका गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । यद्यपि, प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको पुष्टि गरेको छैन । २५ भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटना किश्तवार जिल्लाको पद्दार उप-डिभिजनको चाशोटी गाउँमा भएको हो । चाशोटी मचैल माता मन्दिर यात्राको सुरुवात बिन्दु हो । धार्मिक तीर्थयात्राको लागि यहाँ भेला भएका धेरै मानिसहरू बगेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
मचैल माताको तीर्थयात्रा हरेक वर्ष अगस्टमा आयोजना गरिन्छ। यसमा हजारौं भक्तजनहरू उपस्थित हुन्छन् । यो २५ जुलाई देखि ५ सेप्टेम्बर सम्म चल्नेछ।
सम्बन्धित
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया