इनड्राइभले ल्यायो ‘राइड मोर, विन मोर’ योजना, १० वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

काठमाडौं । इनड्राइभले यात्रुका लागि रोमाञ्चक अफर ‘राइड मोर, विन मोर’ योजना ल्याएको छ । विशेष अफर अन्तर्गत प्रयोगकर्ताले इनड्राइभ एप प्रयोग गरी राइड बुक गरे आकर्षक पुरस्कार जित्ने सुनौलो अवसर प्राप्त गर्न सकिनेछ ।
गत साउन २७ देखि भदौ १४ गतेसम्म सञ्चालन हुने यो विशेष योजनाले यात्रुका लागि उत्साहजनक पुरस्कार जित्ने असीमित मौकाहरू प्रदान गर्दछ । ३ वटा राइडलाई १ टिकट उपलब्ध गराइनेछ । जति धेरै राइड त्यति नै धेरै जित्ने मौका र अवसर रहेको छ । १० वटा याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर, ३० वटा अल्टिमा वाच सर्कल स्मार्टवाच पुरस्कार रहेको छ ।
इनड्राइभ नेपालका कन्ट्री रेप्रिजेन्टेटिभ रीता पोखरेलले इनड्राइभमा हामी सधैं प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनौट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गरिने बताइन् । यो रोमाञ्चक योजना सबै प्रयोगकर्ताका लागि खुला गरिएको छ । सहभागी हुन प्रतियोगिता अवधिभर इनड्राइभ एप मार्फत आफ्नो राइड बुक गर्नुपर्नेछ ।
योजना सम्पन्न भएपछि लक्की ड्र मार्फत योजनामा सहभागी भएका मध्येका विजेताको नाम भदौ २० गते (सेप्टेम्बर ५, २०२५) इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू मार्फत सार्वजनिक गरिनेछ । थप विवरण र आगामी अपडेटका लागि इनड्राइभ नेपालको सामाजिक सञ्जालमा फलो गर्न अनुरोध छ ।









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया