नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा

पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताएका छन् ।
पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताए।
‘जिम्मेवार र बुझ्न सक्ने जमात तयार गर्यौँ भने राम्रो समाज बन्छ, हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ, आजको कार्यक्रमले हामी सबैलाई प्रेरित गरेको छ, डिजिटल माध्यमको सदुपयोगका विषयमा हुने यस्ता गहन छलफलले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने जमात तयार हुनेछ’, उनले भने। उनले जबसम्म नागरिकले कुन सूचना कसले मलाई किन दियो भन्ने छुट्याउन सक्दैनन्, तबसम्म समस्या आइरहने बताए।
संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग हुनुपर्नेमा जोड दिए ।










जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया