एशियन होटल लिमिटेडको सार्वजनिकनिष्काशन सम्बन्धी सम्झौता

काठमाडौँ।पर्यटकीय नगरी भैरहवा लुम्बिनीमा विगत ४ वर्षदेखि उत्कृष्ट सेवा र आतिथ्यको पहिचान बनाउँदै आएको एशियन होटलले आफ्नो व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागिता गर्नका लागि साधारण शेयर (आईपीओ) निष्काशनबाट ३५ लाख कित्ता शेयर जारी गरी जम्मा ३५ करोड रुपैयाँ जुटाउने तयारी गरेको छ, जसबाट होटलको सुविधा पाँच तारे स्तरमा स्तरोन्नति गर्ने, स्पोट्र्स कम्प्लेक्स तथा हेल्थ फिटनेसलगायतका पूर्वाधार विकास गर्ने योजना गरिएको छ ।
शेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । यसै सन्दर्भमा, आयोजित एक औपचारिक कार्यक्रममा होटल एशियनको तर्फबाट अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
भैरहवा लुम्बिनीमा अवस्थित एक सांस्कृतिक धरोहरबाट प्रेरित आतिथ्य सेवामा आधारित बौद्ध धर्मावलम्बी र सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने यो होटल सन् २०२१ मा स्थापित भई स्थानीय आतिथ्य सेवाको उत्कृष्ट प्रतीक बनेको छ । भैरहवा नजिकै अवस्थित लुम्बिनी, युनेस्कोको विश्व सम्पदा स्थल हो । यो सिद्धार्थ गौतम बुद्धको जन्मस्थल र बौद्ध धर्मावलम्बीको लागि एक प्रमुख तीर्थस्थल रहेको छ ।
यस होटलले हाल ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्कोट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स तथा डेस्टिनेशन वेडिङ्ग जस्ता अन्य सम्बन्धित सुविधाबाट आफ्नो व्यवसाय गर्दै आईरहेको छ, शेयर निष्काशन पश्चात् आफ्नो व्यवसाय विस्तार गर्नका लागि अरु मुख्य सहर जस्तै पोखरा, काठमाण्डौ, चितवनमा आफ्नो सेवा बिस्तार गर्ने योजना गरिएको अध्यक्षले जानकारी गराएका छन् ।
उक्त शाखा सेवा थप गरे लगतै स्थानीय स्तरमा रोजगारी सिर्जना र लुम्बिनीको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । होटलले प्रविधिमा आधारित सेवा व्यवस्थापन प्रणाली, हरित पर्यटनको अवधारणा तथा दीगो विकास लक्ष्यप्रति प्रतिबद्ध रहँदै व्यवसाय विस्तारमा अग्रसर रहने स्पष्ट रणनीति अघि सारेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया