बिहीबार, वैशाख १७, २०८३

प्रभु बैंकका ग्राहकले अन्नपूर्ण न्युरो अस्पतालमा छुट पाउने

मेरोन्यूज २०८२ साउन २९ गते २१:५६

काठमाडौँ। काठमाडौं महानगरपालिका ११, बबरमहलमा रहेको अन्नपूर्ण न्युरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ।

Advertisement
NiccNicc

दुई संस्थाबीच सेवा प्रयोगमा विशेष छुट पाउने सम्झौता भएको हो।

सम्झौतापत्रमा अन्नपूर्ण हस्पिटलका मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंकका प्रमुख चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका हुन्।

यसअनुसार प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन्। सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया