बागमतीका मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?
मेरोन्यूज
२०८२ साउन ३० गते १६:३६

काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।
बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन्।
नयाँ मन्त्रीको शपथ आजै हुनेछ ।
साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन्।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया