यस्तो छ शनिवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३१ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया