‘बिजनेस ब्लुप्रिन्ट नेपाल’को मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने

काठमाडौं।नेपालमा पहिलो पटक,अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक,तथा गिनिज वर्ल्डरेकर्ड होल्डर डा.उज्ज्वल पाटनीको विशेष उपस्थितिमा’Business Blueprint Nepal’आयोजना हुँदैछ।उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा नेपालको अग्रणी सिमेन्ट ब्रान्ड शिवम् सिमेन्ट आवद्ध भएको छ।सेमिनार २०७५ साल भदौ १२ गते (२८ अगस्ट २०२५०), बिहीबार, होटल मेरियट, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे देखि अपरान्ह ५:०० बजे सम्म हुने अयोजकले जानकारि दिएकोछ।
शिवम् सिमेन्ट,आफ्नो नवीन,अद्वितीय र इनोभेटिभ कार्यक्रमहरूका माध्यमबाट ग्राहकबीच छुट्टै पहिचानबनाउन सफल भएको ब्रान्ड हो। विज्ञापन मात्र नभई, शिवम् सन्देश, नो कम्प्रमाइज जस्ता सन्देशमूलक अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पुर्याउँदै शिवम् सिमेन्टले आफ्नो ग्राहकहरु माझ छुट्टै पहिचान बनाउन सफल भएको छ। साथै, शिवम् सिमेन्टले विभिन्न महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नो ब्रान्ड भ्यालुलाई थप सुदृढ बनाउँदै आएको शिवम् सिमेन्टले मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा.पाटनी जस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीहरूलाई व्यवसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताए।
डा.पाटनी सँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड,१५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार,’Top 10Thinker 2014 र Best Corporate Trainer of India’ जस्ता प्रतिष्ठित सम्मानहरू छन्। उहाँको डिजिटलशो ‘The Ujjwal Patni Show’ हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशहरूमा हेर्दैआएका छन्। उहाँका कार्यक्रमहरू ‘Business Gurukul, VIP र Business Audit’ मार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले रूपान्तरण पाएका छन्। साथै, उहाँका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशहरूमा १० लाख भन्दा बढी प्रति बिक्री भइसकेका छन्।

















मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया