चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।
सरकारले चालु आवमा रू १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत संकलन भएको विवरणमा उल्लेख छ ।
यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट रू ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र रू ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।
चालु आवका लागि रू १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा रू ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् रू १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।
यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् रू ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् रू २७ अर्ब १० करोड खर्च भएको छ ।
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया