ग्लोबल आईएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ।
सन् १९९२ मा युरो मनी म्याग्जिनले स्थापना गरेको यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ। यो अवार्डमार्फत ग्लोबल आईएमई बैंकले ग्राहक सेवामा गरेको योगदान, वित्तीय स्थायित्व, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि भित्र्याउने पहल, वातावरणीय सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानीका साथै उच्चस्तरीय कार्यसम्पादनलाई प्रशंसा गरिएको छ।
यो सम्मानसँगै ग्लोबल आईएमई बैंकले तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको हो। यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले यो अवार्ड प्राप्त गरिसकेको छ। साथै बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४ र २०२५’ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि पाइसकेको छ।
ग्लोबल आइएमई बैंक नेपालकै निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो जसले मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा पुर्याइरहेको छ।
नेपालमा बैंकिङ सेवाका अतिरिक्त, बैंकले विश्वका विभिन्न मुलुकहरू अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतबाट रेमिट्यान्स भित्र्याउने कार्य निरन्तर गर्दै आएको छ।









हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया