ग्लोबल आईएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ।
सन् १९९२ मा युरो मनी म्याग्जिनले स्थापना गरेको यो अवार्ड बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ। यो अवार्डमार्फत ग्लोबल आईएमई बैंकले ग्राहक सेवामा गरेको योगदान, वित्तीय स्थायित्व, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधि भित्र्याउने पहल, वातावरणीय सामाजिक तथा सुशासनका क्षेत्रमा गरेको लगानीका साथै उच्चस्तरीय कार्यसम्पादनलाई प्रशंसा गरिएको छ।
यो सम्मानसँगै ग्लोबल आईएमई बैंकले तेस्रोपटक ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको हो। यसअघि सन् २०२२ र २०२४ मा पनि बैंकले यो अवार्ड प्राप्त गरिसकेको छ। साथै बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४ र २०२५’ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि पाइसकेको छ।
ग्लोबल आइएमई बैंक नेपालकै निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो जसले मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको छ। हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा पुर्याइरहेको छ।
नेपालमा बैंकिङ सेवाका अतिरिक्त, बैंकले विश्वका विभिन्न मुलुकहरू अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतबाट रेमिट्यान्स भित्र्याउने कार्य निरन्तर गर्दै आएको छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया