विपिन जोशीका आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति
मेरोन्यूज
२०८२ भदौ २ गते ९:०९

काठमाडौँ। बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेका छन्। इजरायलस्थित नेपाली दूतावास अधिकारीका अनुसार राष्ट्रपति हर्जोगसँग आमा पद्मा जोशी र बहिनी पुष्पाले हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन माग गरेका हुन्।
भेटमा नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। आमा र बहिनीले राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय प्रयासलाई अझ बलियो बनाउन आग्रह गरेको अधिकारीहरुले बताए।
राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकझैँ अनुभव गरिरहेको भन्दै सबै बन्धकहरुको रिहाइका लागि इजरायली सरकार निरन्तर लागिरहेको बताए।
विपिनकी आमा, बहिनी र राजदूतले इजरायली संसदका अध्यक्ष अमिर ओहानासँग पनि भेटवार्ता गरेका थिए।
सम्बन्धित
















‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया