दार्चुला–गोकुेलेश्वर सडक : पहिराले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
मेरोन्यूज
२०८२ भदौ २ गते ९:५२

खलङ्गा ।पहिराले दार्चुला–गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।
निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया