एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.comभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने छ ।
यसरी ग्राहक महानुभावहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक बाटै विस्तृत विवरणहरूको जानकारी लिन सकिने छ ।













आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया