नाडा अटो शो : सारथी इकुटरमा २५ हजार नगद छुट

काठमाडौं । सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले नाडा अटो शो २०२५ लाई लक्षित गरी नगद छुट योजना ल्याएको छ ।
मंगलबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी अफर सञ्चालन गरिएको होे ।
उक्त अटो शोमा कम्पनीले सहभागिता नलिपनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउने छन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउनेछन् । नगद नहुने ग्राहकले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्ष सम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ ।
३ हजार ९ सयवाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।
नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरुमध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । कम्पनीले विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रिवितरण गरिरहेको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया