नाडा अटो शो : सारथी इकुटरमा २५ हजार नगद छुट

काठमाडौं । सारथी इकुटरको नेपालका लागि आधिकारिक वितरक जेरो इमिसन राइड एनले नाडा अटो शो २०२५ लाई लक्षित गरी नगद छुट योजना ल्याएको छ ।
मंगलबारदेखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोको शुरुको दिन अर्थात भदौ ३ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी अफर सञ्चालन गरिएको होे ।
उक्त अटो शोमा कम्पनीले सहभागिता नलिपनि ग्राहकहरुको चासो र उत्साहलाई मध्येनजर गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त अफर अनुसार सारथी इकुटरका दुई मोडेल इ३ र विँगर मोडेलको स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार नगद छुट पाउने छन् । साथै एक बर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउनेछन् । नगद नहुने ग्राहकले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जसअन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ बर्ष सम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् । कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ ।
३ हजार ९ सयवाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैंया मुल्य राखेको छ । अहिलेको अफर अन्तरगत दुबैमा २५ हजार डिस्काउन्ट हुन्छ ।
नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरुमध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ प्वाइन्ट भएको कम्पनीको रुपमा जीरो इमिसन राइड एन रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । कम्पनीले विगत ६ बर्षदेखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि विक्रिवितरण गरिरहेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया