नाइजेरियामा डुङ्गा दुर्घटना : ४० बेपत्ता, १० जनाको उद्धार

नाइजेरियाको सोकोटो राज्यमा आइतबार डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् भने १० जनालाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गर्न तत्कालै आफ्नो प्रतिक्रिया टोली पठाएको छ । नेमाका अनुसार डुङ्गा ५० जनाभन्दा बढी यात्रु लिएर गोरोन्यो बजारतर्फ गइरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।
नेमाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, एजेन्सीकी महानिर्देशक जुबैदा उमरले दुर्घटनाको जानकारी पाएलगत्तै उद्धार कार्य सक्रिय पार्नुभएको थियो । अहिलेसम्म करिब १० जनालाई उद्धार गरिएको छ भने ४० भन्दा बढी अझै बेपत्ता रहेका छन् ।
नेमाले स्थानीय अधिकारी, सुरक्षाकर्मी र आपत्कालीन उद्धारकर्तासँग मिलेर खोजी अभियानलाई तीव्र बनाएको छ । एजेन्सीले प्रभावित परिवारलाई आवश्यक सहयोग पु¥याउने र नियमित अपडेट दिने प्रतिबद्धता जनाएको छ ।
यसअघि पनि नाइजेरियामा यस्ता दुर्घटनाहरू भइरहेका छन् । सन् २०२४ डिसेम्बरमा बेन्यु राज्यमा भएको डुङ्गा दुर्घटनामा ७६ मध्ये ४९ जनाको उद्धार गरिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा बाँकी २३ जना अझै बेपत्ता थिए ।
नेमाले त्यतिबेला पनि स्थानीय प्रशासन, उद्धारकर्मी र नाइजेरियाली नौसेनासँग मिलेर उद्धार कार्य सञ्चालन गरेको थियो ।
यस पटकको दुर्घटनापछि उद्धार टोलीले गोरोन्यो बजार जाने बाटोमा नदीमा बेपत्ता भएकाहरूको खोजीलाई निरन्तर अघि बढाइरहेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया