यामाहाका २ नयाँ मोटरसाइकल सार्वजनिक
मेरोन्यूज
२०८२ भदौ ३ गते १७:५९

काठमाडौं । नेपालमा यामाहा दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएका छन् ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
भृकुटीमण्डपमा रहेको यामाहा ब्लु च्याम्बरमा सम्पन्न अनावरण कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अध्यक्ष करण चौधरी उपस्थित थिए।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुँदैछ।
कम्पनीले नाडाको अवसरमा विशेष अफर समेत ल्याएको छ । ग्राहकले हरेक मोडलका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
त्यस्तै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।
सम्बन्धित













टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
मधेस सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
खालिदा जियाकाे राजकीय विदाइ
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया