प्रदेश सरकारले चट्याङबाट मृत्यु भएका ब्लोन परिवारलाई एक लाख सहयोग गर्ने
मेरोन्यूज
२०८२ भदौ ५ गते ६:३०

बाग्मती। बाग्मती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मकवानपुरको मनहरी गाउँपालिका–६ दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई रु एक लाख आर्थिक सहायता उपल्बध गराउने भएको छ ।
मनहरी गाउँपालिका–६ हाङलाङस्थित पालबहादुर घलानको घरमा आएका ब्लोनको मङ्गलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चट्याङ ब्लोन परिवारलाई प्रदेश विपद् कोषबाट रु एक लाख आर्थिक सहायता उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन प्रदेशका प्रमुख सचिव भूपाल बराललाई निर्देशन दिइएको बताउनुभयो । यस्तै, चट्याङ लागेर घाइते भएकाहरूको सहज उपचारका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको उहाँको भनाइ छ ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया