प्रदेश सरकारले चट्याङबाट मृत्यु भएका ब्लोन परिवारलाई एक लाख सहयोग गर्ने
मेरोन्यूज
२०८२ भदौ ५ गते ६:३०

बाग्मती। बाग्मती प्रदेश सरकारले चट्याङ लागेर मृत्यु भएका मकवानपुरको मनहरी गाउँपालिका–६ दैलीडाँडाका विशाल ब्लोनको परिवारलाई रु एक लाख आर्थिक सहायता उपल्बध गराउने भएको छ ।
मनहरी गाउँपालिका–६ हाङलाङस्थित पालबहादुर घलानको घरमा आएका ब्लोनको मङ्गलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चट्याङ ब्लोन परिवारलाई प्रदेश विपद् कोषबाट रु एक लाख आर्थिक सहायता उपलब्ध गराउने गरी निर्णय प्रक्रिया अघि बढाउन प्रदेशका प्रमुख सचिव भूपाल बराललाई निर्देशन दिइएको बताउनुभयो । यस्तै, चट्याङ लागेर घाइते भएकाहरूको सहज उपचारका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको उहाँको भनाइ छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया