सीमा विवाद बारे प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी समस्या नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन्। साथै यस समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा उनको जोड छ।
उनले स्मरण गराएका छन्, ‘हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भुमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो।’भारत र चीनबीच नेपालको सहमतिबिना लिपुलेक–लिम्पियाधुरालाई समेटेर भएको हालको सम्झौताप्रति शाहीले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको छ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनले तत्काल पहल गरी राजनीतिक दलहरू, नागरिक समाज, विभिन्न संघ–संस्था र आम नेपालीलाई एकताबद्ध बनाउन अनुरोध गरेका छन्।
उनले अन्त्यमा जोड दिए, ‘राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ ।’










जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया