समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा शुक्रबार आयोजित ‘एजेन्सी पत्रकारिता: महिलाका मुद्दा’ विषयक कार्यक्रममा अध्यक्ष झाले जनसङ्ख्याका आधारमा समाचारका विषयवस्तुमा उचित स्थान दिनुपर्ने बताए ।
‘विश्वका धेरै समाचार समितिहरूले समाचारमा महिला र पुरुषका विषयहरू हाराहारीमै हुने गरेको देखिन्छ, भोग्ने व्यक्तिको अनुभूति र देख्ने व्यक्तिको अनुभूति फरक हुन्छ’, अध्यक्ष झाले भने, ‘भोग्ने व्यक्तिले नै विषयवस्तु उत्पादन गर्नुपर्छ, राससमा उत्पादन गर्ने सामग्रीमा पनि महिला र पुरुषका विषयवस्तुहरू बराबरी खालको उत्पादनमा ध्यान दिनुपर्ने जरुरी छ ।’
महासङ्घको रासस शाखाले विश्वका समाचार समिति र राससमा कस्ता खालका मुद्दाहरू कस्तो उठ्ने गरेको छ भनेर अध्ययन गर्दा उपयुक्त हुने सुझाव दिँदै उनले थपे, ‘नेपालको राजनीतिमा आबद्ध महिलाको विषयवस्तु अलि बढी आउने गरेको छ तर अन्य धेरै क्षेत्रमा महिलाहरूले राम्रोसँग काम गरिरहेको छ, ती समाचार पनि आउनुपर्छ ।’
राससका महाप्रबन्धक सन्दीप राईले महिला समावेशीकरणका विषयलाई उच्च प्राथमिकताका साथ समाचार दिइने र महिला सहभागिताको विषयलाई स्थान दिन जरुरी भएको बताए । महासङ्घ राससका शाखाका उपाध्यक्ष अभिलाषा पोखरेलले महिला कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।









बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
जुम्लामा ८४९ मतदाता थपिए
आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
ताेकिएकाे मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया