नाडामा जिनपिङकाे तहल्का, सस्तोमै उच्च रेन्ज दिने गाडी पाएपछि बुकिङको ओइरो (भिडियोसहित)
काठमाडौं । ‘नाडा अटो शो’मा मंगलबार लञ्च भएकाे ईभी कार जिनपिङ लिङ्बक्स ईसी०१ ले तहल्का मच्चाएकाे छ ।
सस्तो मूल्य, धेरै रेन्ज र स्मार्ट डिजाइनका साथ ठाकुर मोटर्सले नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे छ ।
लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा रहेको छ । जसका कारण मेलामा आएका धेेरै अवलोकनकर्ताकाे पहिलो राेजाइमा लिङ्बक्स परेकाे हाे ।
कम्पनीकी म्यानेजर सुनिता ढुंगानाका अनुसार, पहिलो तीन दिनसम्मकाे तथ्यांक हेर्दा नाडामा धेरै बुकिङ हुने गाडीको लिस्टमा यो कार पनि परेकाे छ।

म्यानेजर ढुंगानाका अनुसार यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ।
दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।
‘फाइभ डोर’ सुविधासहितकाे यो कारमा १२ फिट लम्बाइ, ५ फिट चौडाइ, करिब साढे ५ फिट उचाइ र ८ फिटको ह्वीलबेस छ । गाडीमा एसी र डीसी दुवै चार्जिङकाे सुविधा छ ।
म्यानेजर ढुंगानाका अनुसार २०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ।
कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।
तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजार मा उपलब्ध हुने बताइएकाे छ ।

साथै गाडी यहाँ गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक कर, नम्बर प्लेट एम्बोस गर्ने सुविधा, र फ्लोर म्याट समेत पाउने म्यानेजर ढुंगानाले बताइन् ।














ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया