बंगलादेश र पाकिस्तानबीच भिसा फ्री सम्झौता हुने

ढाका । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्।
यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तान सरकारले यसलाई पहिले नै स्वीकृत गरिसकेको छ।
पाकिस्तानी विदेशमन्त्री इशाक डारको शनिबार हुने प्रस्तावित बंगलादेश भ्रमण अघि यो निर्णय गरिएको हो । उनका वाणिज्यमन्त्री जाम कमाल खानले बुधबार ढाका पुगेर बिहीबार बंगलादेशका वाणिज्य सल्लाहकार एसके बशीरुद्दिनसँग भेट गरेका थिए, सो क्रममा यसमा सहमति जुटेको हो ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले पनि बंगलादेशले पाकिस्तानसँग ‘भिसा फ्रि’ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार यो सम्झौता हस्ताक्षरपछि पाँच वर्षका लागि लागु हुनेछ । तर, यो भिसा फ्री प्रणाली कहिलेदेखि सुरु हुन्छ भन्ने मिति भने दिइएको छैन्। सम्भवतः चाँडै हुने सम्झौतामा यो मिति उल्लेख गरिनेछ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया