न्यूयोर्क राज्यमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए । प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए ।
“चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिनुभयो । बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन । छ जनाजना चिनियाँ नागरिक पनि बसमा सवार थिए ।
पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् । बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो । यान्त्रिक खराबीको सम्भावना हटाइयो प्रहरीले गाडीमा कुनै यान्त्रिक खराबी वा चालकले मादक पदार्थ सेवन गरेको प्रमाण नभेटिएको स्पष्ट पारेको छ । हालसम्म कसैलाई कारबाही गरिएको छैन । घटनास्थलमा विभिन्न भाषा बोल्ने यात्रुहरू रहेका कारण सञ्चारको सहजताका लागि अनुवादकहरू समेत पठाइएको थियो । उद्धार कार्यका लागि आठवटा हेलिकप्टर प्रयोग गरिएको थियो ।
उद्धारकार्यमा सहयोग गर्ने सबै टोलीलाई सराहना गरिएको छ । राज्यकी प्रमुख अधिकारी केथी होचुलले राज्य प्रहरी र स्थानीय तहसँग समन्वय गरेर पीडितहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको जनाए । दुर्घटनापछि रक्तदानको मागसमेत गरिएको छ । “ज्यान गुमाएका तथा घाइते यात्रुहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु,” न्यूयोर्कका वरिष्ठ जनप्रतिनिधि चक शुमरले बताउनुभयो । नियाग्रा जलप्रपात अमेरिका र क्यानाडाको सिमानामा पर्ने एक प्रमुख पर्यटकीय स्थल हो ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया