उदयपुर जिल्लाका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित

काठमाडौं। शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त अभियानमार्फत ४५० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शिक्षा क्षेत्रमा सशक्त योगदान पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीलाई कापी, कलम, झोला, पेन, ज्योमेट्रिक बक्स जस्ता सामग्री वितरण गरिएको थियो। साथै विद्यालयलाई डस्टबिन, वाटर फिल्टर, जग र पाठ्यपुस्तकलगायत आवश्यक शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो।
यस अन्तर्गत श्री रुपैरानी आधारभूत विद्यालय (आहाले), जनता आवासीय विद्यालय (थलियाटार), वीरेन्द्र आवासीय विद्यालय (भन्टाबारी) र श्री आधारभूत विद्यालय (बबेला) ले शैक्षिक सहयोग प्राप्त गरेका छन्। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयको उद्घाटन कार्यक्रममा शैक्षिक सामग्री वितरण गरेर आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको थियो।
वितरण कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टिमको उपस्थिति थियो। कटारी नगरपालिका–८ का वडा अध्यक्ष नविन्द्रकुमार तामाङ विशेष अतिथिको रूपमा सहभागी भएका थिए। विद्यालयहरूले प्राप्त सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
सो अवसरमा शौर्य सिमेन्टका प्रतिनिधिले भने, “शिक्षा नै दिगो विकासको आधार हो । शैक्षिक सामग्रीमार्फत हामीले विद्यार्थीलाई अझ राम्रोसँग पढ्न र आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्य लिएका छौं ।”
शौर्य सिमेन्टले निरन्तर शिक्षा, स्वास्थ्य, संस्कृति तथा सामुदायिक विकासमा विभिन्न सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्दै आएको छ । कम्पनीले गुणस्तर, दिगोपन र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र समुदाय उत्थानमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया