दिव्य पशुपतिनाथ सफाइमा प्रहरी वरिष्ठ अधिकारीसहित सयौँ सहभागी

काठमाडौँ । दिव्य पशुपतिनाथ अभियानअन्तर्गत आज नेपाल प्रहरीका उच्च अधिकारीसहित सयौँको सहभागितामा पशुपतिनाथ मन्दिर परिसर सरसफाइ गरिएको छ ।
‘क्लाइमेट स्मार्ट सिटिज’सँगको सहकार्यमा गत साउन ६ गतेदेखि हरेक शनिवार यो अभियान सञ्चालन हुँदै आएको छ । अभियानअन्तर्गत आजको शृङ्खलामा उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीसहित सयौँको सङ्ख्यामा नेपाल प्रहरी सफाइमा सहभागी भएका फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिए।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विश्वका करोडौँ हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र र पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा रहेको पशुपतिनाथ क्षेत्र सधैँ सफा राख्नुपर्नेमा जोड दिए। यसका लागि अभियान सुरु गरेकामा मैनादेवी फाउन्डेसन र सहयोगी सबैलाई धन्यवाद दिए।
“मानिसको सुरु र अन्त्य धार्मिक कर्मबाटै हुन्छ । पशुपतिनाथ विश्वका रहेक हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो । त्यसबाहेक यहाँ आउने हरेक स्वदेशी र विदेशी पर्यटकका लागि पशुपति धार्मिक पर्यटन गन्तव्य पनि हो”, अधिकारीले भने, “त्यसै कारण यस क्षेत्रको सरसफाइले हाम्रो पहिचान पनि झल्काउँछ । हाम्रो जीवनको अन्तिम गन्तव्यका रूपमा रहेको यस ठाउँलाई जीवन्त बनाउनु सबैको कर्तव्य हो । आज हामी पनि यसमा सरिक भएका छौँ । स्वच्छता अभियानमा सहभागी हुन अरूलाई पनि आग्रह गर्दछौँ ।”
कार्यक्रममा नेपाल प्रहरी, क्रिएसन नेपाल, फाउण्डेसनका स्वयम् सेवकलगायतको सहभागिता थियो । त्यस क्रममा ८९० किलोग्रामभन्दा बढी फोहोर संकलन भएको अध्यक्ष खनालले बताए ।


















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया