रौतहटमा सुटकेशभित्र फेला परेको शवकाे पहिचान

रौतहट । रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ।
प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो।
स्थायी ठेगाना माधवनारायण–६ मधोपुर, घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारीअनुसार रुबीका श्रीमान शिव कुमार साह ९३५० भारत, बिहार, मुजफ्फरपुर जिल्ला सकरा बेल निवासी तथा साधु शरण साहका छोरा हुन्। मृतक रुबी देवी साह, रौतहट माधवनारायण नपा–६ बस्ने राम विनोद साह मण्डलकी धर्मपत्नी अन्दाजी ५० वर्षीया सुनिच्छा देवीकी छोरी हुन्।
शनिबार राति करिब साढे १० बजेतिर सडक किनारमा डोरीले बाँधिएको अवस्थामा भेटिएको सुटकेश खोलेपछि अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। प्राथमिक रूपमा शवसँगै भेटिएका साडी र चुराका आधारमा महिला भएको अनुमान गरिएको थियो।
शवलाई रस्सीले बेरिएको अवस्थामा सुटकेशमा राखिएकाले हत्या गरी फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। मुचुल्कापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको डिएसपी कार्कीले जानकारी दिए ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले नजिकैको विद्यालयमा जडान गरिएको सिसीटिभी फुटेज संकलन गरेको छ भने मृतकको मोबाइल कल डिटेल निकाल्ने तयारी भइरहेको जनाएको छ।










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया