फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा

काठमाडौं । टुनल्याण्ड जी७ को सफलतापछि फोटोनले यस वर्षको नाडा २०२५ मा शक्ति, दक्षता र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन भएको आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक पिकअप ईटुनल्याण्ड प्रस्तुत गरेको छ।
यो ईटुनल्याण्ड पिकअपमा फोटोनको विश्वसनीय मजबुती र विश्वकै अग्रणी ईभी ब्याट्री निर्माता सीएटीएल को अत्याधुनिक प्रविधि जोडिएका छन्।
विश्वकै नं.१ ब्याट्री ब्रान्ड–सीएटीएल द्वारा सञ्चालित ईटुनल्याण्डको केन्द्रमा तेस्रो पुस्ताको ८८ किलोवाट आवर सीएटीएल लिक्विड–कुल्ड लिथियम ब्याट्री रहेको छ, जुन प्रविधि आज विश्वका अग्रणी ईभी ब्रान्डहरूले प्रयोग गर्दै आएका छन्।
विश्वभर अन्य ब्याट्री कम्पनी भन्दा धेरै सङ्ख्यामा ईभी सञ्चालनमा ल्याउन सफल सीएटीएल को यो प्रविधिले उत्कृष्ट सुरक्षा, विश्वसनीयता र लामो समयसम्म चल्ने सुनिश्चितता दिन्छ।
यसै विश्वस्तरीय ब्याट्री मार्फत् ईटुनल्याण्डले ३५० किमी (डब्लूएलटीपी) को ड्राइभिङ रेन्ज प्रदान गर्छ र ब्याट्रीमा ८ वर्ष/४,००,००० किमी र पीईयू/ड्राइभिङ मोटरमा उपलब्ध ५ वर्ष/२,००,००० किमीको वारेन्टीले गाडी किनेपछि पनि निश्चिन्तता दिन्छ।
नयाँ ई-टुनल्याण्ड विशेष नाडा अफर मूल्य रु. ६८,९९,००० मा उपलब्ध हुनेछ (सामान्य मूल्य रु. ६९,९९,०००)। यसले १३० किलोवाट पावर र ३५० एनएम टर्क प्रदान गर्दै बलियो पर्फर्मेन्स दिन्छ।
३० प्रतिशत ग्रेडेबिलिटीका साथ यस पिकअपले उकालो बाटो सजिलै चढ्न सक्छ। सेगमेन्ट-बेस्ट ८८.०२ किलोवाट आवर सीएटीएल ब्याट्रीमार्फत उपलब्ध ४३० किमी (एनईडीसी) को रेन्जले यसलाई दैनिक व्यवहारदेखि लामो यात्रासम्म उपयुक्त बनाउँछ।
कम्पनीकाअनुसार< ईटुनल्याण्ड सबै प्रकारका परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्न तयार छ। २०० मिमि ग्राउन्ड क्लियरेन्स र ठूला २६५/६५आर१७ टायरसहित यसले असजिला बाटोहरू सहजै पार गर्छ र स्थिर तथा आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्छ। १५२० x १५८० x ४४० मिमिको विशाल कार्गो साइजले भारी सामान ढुवानीलाई सजिलो बनाउँछ, जसले यसलाई काम र लाइफस्टाइल दुवैका लागि भरोसायुक्त साधन बनाउने कम्पनीले जनाएको छ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया