थारू बाहुल्य गाउँमा हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली । कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका साथ अटवारी पर्व मनाइएको छ ।
थारू नागरिक समाजका कैलालीका संयोजक दिलबहादुर चौधरीले यहाँ हर्षोल्लासका साथ पर्व मनाइएको बताए । श्रीकृष्णजन्माष्टमी पछिको दोस्रो आइतबारका दिन पर्ने यो पर्वको पहिलो दिन आज व्रतालुहरु नुहाइधुवाइ गरी पानीसमेत नखाई आधा दिन निराहार व्रत बस्ने र मध्याह्न नजिकैको नदी, पोखरी वा तलाउमा गएर स्नान गरी पूजाआराधना गर्ने परम्परा रहेको उनले बताए ।
यसरी पूजाआराधाना गरिसकेपछि घरमा तयार गरिएका खानाका परिकार तथा फलफूलबाट एक भाग निकालेर घरका विवाहित छोरीलाई छुट्याएपछि मात्रै व्रतालुले खाने गर्दछन् । यस दिन विशेष गरेर अनदी चामलको रोटी, केरा, काँक्रो, अम्बा, सुकेको माछा, फुलौरी, खरियालगायत खानाका साथै फलफूल खाने परम्परा रहेको संयोजक चौधरीले जानकारी दिए ।
पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहान व्रतालुहरू स्नान गरी पुनः पूजाआराधना गर्दछन् । गुइँठाको आगो बाली घ्यू र सल्लाका साना टुक्रा हालेर हाली पूजा गर्ने परम्परा रहेको उहाको भनाइ छ । घरमा तयार पारिएका खानाका परिकार आइतबारको जस्तै आफू खानुभन्दा पहिले एक भाग आफ्ना विवाहित छोरीबेटीका लागि ‘अग्रासन’ अर्थात् कोसेली दिनका लागि अलग्गै भाँडामा छुट्याएपछि मात्रै व्रतालुले सेवन गर्ने परम्परा छ ।
यसरी छुट्याइएको ‘अग्रासन’ आफ्ना विवाहित छोरीबेटीका माइती घरमा पु¥याउने परम्परा रहेको छ । यस पर्वमा अनदी धानको चामलबाट विभिन्न खानाका परिकारहरु तयार पार्ने गरेको स्थानीय थारू अगुवा रतिराम चौधरीले बताए । उनले भने, “थारू रैथाने जातकोे उक्त धान आफ्नोमा नभए टाढाटाढाका थारू गाउँ, बस्तीमा गएर खोजी गरेर ल्याउँछौँ ।”
थारू समुदायमा माघीपछि दोस्रो ठूलो पर्वका रूपमा यसलाई लिने गरिएको छ । योे पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको अगुवा चौधरीले बताउनुभयो । थारू राजा दङ्गीशरणको राज्य अप्ठ्यारोमा परेको बेला सुर्खेतको काँक्रेविहार घुम्न आएका पाँच पाण्डवमध्येका माइला भाइ भीमले राजा दङ्गीशरणलाई सहयोग गरेकाले भीमको नाममा व्रत बसेर अटवारी पर्व मनाउने चलन रहेको उनले बताए ।
कसैले आइतबारका दिन एक दानवको आहार बन्न गएको अवस्थामा त्यो दानवलाई मारेर गाउँलेलाई दानवको आतङ्कबाट मुक्त गराएका कारण भीम र सूर्यदेवको उपासना गरेर यो पर्व मनाउने गरेको किंवदन्ती रहेको पनि चौधरीले सुनाए ।
विवाहित छोरीलाई उपहार दिएर दाजुभाइ र दिदीबहिनीको बीचका प्रगाढ सम्बन्ध बनाउने यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दाङलगाय जिल्लामा बसोबास गर्ने थारू समुदायले मनाउने गर्दछन् । यस पर्वका अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज यहाँ सार्वजनिक बिदा पनि दिएको थियो ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया