विधि विज्ञान प्रयोगशाला विधेयक संसदीय समितिबाट पास

काठमाडौं । राष्ट्रिय (स्थापना र सञ्चालन) विधेयक संसदीय समितिबाट पास भएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको हो ।
विधेयक सर्वसम्मत रुपमा पास गरिएको समिति सभापति तुलसी कुमारी दाहालले जानकारी दिइन् ।यो विधेयक २३ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । ४ चैत २०८१ मा दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पुगेको थियो । सोमबार विधायन व्यवस्थापन समितिले पनि पास गरेको हो ।
सभापति दाहालका अनुसार यो विधेयक ऐनमा रुपान्तरित भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति गठन आदेश २०५२ खारेज हुनेछ । गठन आदेशबमोजिम सञ्चालित विधि विज्ञान प्रयोगशालालाई ऐनमार्फत सञ्चालन गर्ने गरी सरकारले विधेयक ल्याएको हो ।
समिति सचिवालयका अनुसार ऐन बनेपछि सरकारले प्रयोगशाला परीक्षणका लागि प्राप्त नमुना तथा सो सम्बद्ध कागजात तथा परीक्षण प्रतिवेदन सुरक्षित राख्ने समयावधि, डिएनए परीक्षण, वैज्ञानिक परीक्षण शुल्क, प्रयोगशालाको कोष र खाता सञ्चालनलगायतका विषयमा नियमावली बनाउन सक्ने लगायतका विषय प्रत्यायोजन गरिएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया