मौलिक संस्कृति जोगाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको हो ।
तीज पर्वले लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्वलाई उजागर गर्दै आएको बताउँदै उहाँले यस्ता पर्वबाट सामाजिक अवरोधहरू हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक हो, हाम्रो संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृतिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।”

















प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया