चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन–रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिक रूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गर्नुभएको छ । रुसको ड्युमा (संसद्को तल्लो सदन) का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उहाँले चीन–रुस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’ को रूपमा वर्णन गरेका चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।
“दुवै पक्षले… दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्छ”, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भने। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ ।
चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ । युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो विशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उनीअगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हनेछन् । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनेछन् ।
पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नेछन् । उनीहरूबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ । यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को–वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताएका थिए । पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गरेका थिए। तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन ।















25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
ओली केही दिन अस्पतालमै रहने
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया