नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव १७, जलविद्युत् शून्य दशमलव ०७ र जीवन बीमा समूह शून्य दशमलव ०६ प्रतिशतले बढेको छ । त्यस्तै, म्युचुअल फन्ड शून्य दशमलव १३, व्यापार शून्य दशमलव ११ र अन्य समूह एक दशमलव ४२ प्रतिशतले बढेको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको शेयर मूल्य तीन दशमलव ६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ४८ करोड ९५ लाख ७८ हजार २२४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को छ लाख ५२ हजार ८२ कित्ता शेयर किनबेच भएको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
प्रतिक्रिया