तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उनले बताए। एमालेले दोस्रो विधान महाधिवेशन तयारीका लागि बैठक बोलाएको थियो।
“विधान संशोधनमा आएका सुझावलाई समेटेर केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने तयारी थियो तर विधान संशोधनमाथिको सुझाव आउने क्रम रहेकाले बैठक स्थगित गर्नु परेको हो। चाँडै नयाँ मिति तोकिनेछ”, प्रचार विभाग प्रमुख गौतमले भने।
एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ। एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ।
महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुने जनाइएको छ।










सुनको मूल्य तोलामा दुई हजारले घट्यो
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया