मंगलबार, फागुन १९, २०८२

नाडा शो : स्काईवेलका १३१ गाडी बुकिङ

मेरोन्यूज २०८२ भदौ ९ गते १८:१४

काठमाडौं । ‘नाडा अटो शो २०२५’ मा लक्जरी तथा प्रिमियम ईभी एसयूभीका रूपमा परिचित स्काइवेलका १ सय ३१ युनिट गाडी बुकिङ भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गाडीहरुको वृहत प्रदर्शनी ‘नाडा अटो शो’ अवधीभर नै स्काइवेलका गाडीप्रति अवलोकनकर्ताको चासो उच्च रहेको बताउँदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले भने, ‘अटो शो आयोजना अवधिभर अवलोकनकर्ताको आकर्षणमा स्काईवेलका गाडीमा रह्यो । प्रिमियम गाडीप्रतिको क्रेज बढ्दै गएको देखियो ।’

नेपाली बजारमा स्थापित लक्जरी एवम् प्रीमियम ईभी यसयुभीको रुपमा परिचित रियल ईभी यसयुभी को रुपमा चिनिएको छ । यस वर्षको नाडा अटोशो ले हाम्रा स्काईवेलका प्रीमियम यसयुभिमा ग्राहकको आकर्षण र बुकिङले उत्साह थपेको कम्पनीले बताएको छ ।

हाल जि मोटर्सका आफ्नै ३ शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा छन् भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ । आगामी दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने लक्ष्य रहेको छ । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी), १५० किलोवाट मोटर क्यापासिटी, ऋल्ब्ऋए( छ क्तबच क्बाभतथ ,६२० किमी रेन्ज फस्र्ट टाईम इन नेपाल, अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ, लक्जरी द्द भिखभ िायमिबदभि चभबच कभबतक जस्ता स्काईवेल इटि ५ का प्रीमियमका बिशेषता हुन् ।

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ भित्र्याएको हो । स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटी ५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ ।

प्रतिक्रिया