सीमा समस्या संवादबाट समाधान गर्नुपर्छः अध्यक्ष दाहाल

मोरङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा समस्या आपसी संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विगतमा कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रतिबद्धता व्यक्त भएको स्मरण गरे ।
अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणको क्रममा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्टरूपमा राखेको उल्लेख गरे ।
उनले भने, “पछिल्लो पटक प्रधानमन्त्रीका रूपमा भारत भ्रमणका अवसरमा आयोजित ‘प्रेस ब्रिफिङ’मा सीमा विवादका विषयमा चर्चा भएको र भारतीय प्रधानमन्त्री मोदीले सिमानाको समस्या जो बाँकी छ, त्यसलाई संवादद्वारा हल गरिन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।”
अध्यक्ष दाहालले छिमेकी मित्रराष्ट्र भारतसँग संवादको प्रक्रिया थालेर दुई देशबीचको सीमा समस्या हल गर्न सरकारलाई सुझाव दिए ।










वाग्मतीमा प्रदेशको पुँजीगत खर्च निराशाजनक
एआई र विद्युतीय गाडीमा साओमीको यस्ताे सफलता
Four houses perish in fire
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
प्रतिक्रिया