पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एकलाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।
भारी वर्षा र बाढीले पानीको सतहले खतराको सिमा पार गरेपछि भारतीय पक्षबाट पानी छोड्दा पन्जाबको ठुलो भाग डुबानमा पर्ने खतरा रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले भारतको पछिल्लो चेतावनी अघि नै निकासी सुरु भएको तथा अझै जारी रहेको जनाउनुभएको छ । उहाँका अनुसार यो अभियानमा लगभग ३५ हजार मानिस चेतावनी पछि स्वेच्छाले सुरक्षितस्थलतर्फ भागेका छन् ।
पन्जाब र कश्मीरमा आगामी दिनमा पुनः भारी वर्षाको चेतावनीको बीचमा रावी, सतलज र चेनाब नदिले ठूलो बाढीको सामना गरिरहेको जनाइएको छ ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया